दाइजो प्रथाविरुद्ध नेपालगन्जमा कार्यदल गठन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले दाइजो प्रथाविरुद्ध नगर स्तरीय कार्यदल गठन गरेको छ ।
नगर उप प्रमुख कमरुद्दिन राईको संयोजकत्वमा बिहीबार १५ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा कार्यपालिका सदस्य बसन्त कनौजिया, वडा नम्बर १३ का वडाध्यक्ष सुरेशसिंह ठाकुर, वडा नम्बर २० का वडाध्यक्ष कौशलकुमार धोवी, वडा नम्बर ५ का वडाध्यक्ष सराफत अलि खान, प्रेस सल्लाहकार नवीन गिरी, भेरी एफएमका स्टेशन म्यानेजर मो.आरिफ अन्सारी, दैनिक नेपालगञ्जकी शाहिदा शाह, अधिवक्ता विश्वजित तिवारी, पत्रकार भीष्म लोध, फातिमा फाउण्डेशनकी मैमुना सिद्दिकी, शिक्षिका कृष्णादेवी पाण्डे सदस्य छन् । उपमहानगरपालिकाको महिला विकास अधिकृत मञ्जु पाण्डे सदस्य सचिव रहेकी छन् ।
कार्यदलले दाइजो प्रथा नियन्त्रणका लागि भावी कार्ययोजना निर्माण गर्नेे र सामाजिक सञ्जालमा समूह गठन गर्ने निर्णय गरेको छ । कार्यदलका सदस्यसहित सरोकारवाला समेत रहने गरी ह्वाट्स एपमा समूह निर्माण गरेर सूचना सम्प्रेषण एवम् अद्यावधिक हुने निर्णय गरिएको छ । सदस्य सचिव पाण्डेका अनुसार उपमहानगरमा विशेष गरी मधेशी र मुस्लिम समुदायमा दाइजो प्रथा बढी छ ।