मलद्वारमा ब्राउन सुगर ल्याउँदै गर्दा सशस्त्र प्रहरीका हवल्दार टीकापुरबाट पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलाली प्रहरीले मलद्वारमा ब्राउन सुगर ल्याउँदै गर्दा सशस्त्रका हवल्दार प्रेम सुनारसहित दुई जनालाई टीकापुरबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी उद्ववसिंह भाटका अनुसार टीकापुर नगरपालिका वडा न ९ स्थित नेपाल भारत सीमा नाकाबाट शनिबार साँझ ५ बजे कैलाली लम्कि चुहा नगरपालिका वडा नं. २ मोतीपुर बस्ने वर्ष २६ को सागर घिमिरे र लम्की चुहा नगरपालिका बगौरा बस्ने वर्ष ३३ को प्रेम सुनारलाई पक्राउ गरिएको हो । सुनार शसस्त्र प्रहरीका हवल्दार रहेको र उनी शसस्त्र प्रहरी गण बनबेहडामा कार्यरत रहेको बुझिएको छ ।
भारतको तिकुनियाबाट ब्राउन सुगर ल्याउदै छन् भन्ने सुराकीको आधारमा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले टीकापुर ९ खक्रौलास्थित नेपाल भारत सीमा नाकामा चेकजाँच गर्दा निज सागर घिमेरेले मलद्वारभित्र लुकाइछिपाइ गरी राखेको कालो प्लास्टिकको पोकामा २ ग्राम १७० मिलिग्राम र प्रेम सुनारले मलद्रवारको भागमा लुकाइछिपाइ गरी राखेको कालो प्लास्टिकको पोका ९१० मिलिग्राम गरी जम्मा ३ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको इप्रकाले जनाएको छ । बताए ।