बाँके निकुञ्जमा ताल संरक्षण गर्दै वन्यजन्तुलाई पानी !

शंकरप्रसाद खनालबाँके निकुञ्जबाट फर्केर
बाँके राष्ट्रिय निकुञ्जमा सीमसार क्षेत्र संरक्षण गरेर वन्यजन्तुका लागि पानीको जोहो गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार साह तराई भू–परिधि कार्यक्रम नेपालको आर्थिक सहयोगमा पाँच हेक्टर क्षेत्रमा फैलिएको जलसेनी सीमसार क्षेत्रमा पश्चिम भागमा बाँध बाधेर पानी संरक्षण गरिएको बताउँछन् । वार्डेन साहले प्रष्ट पारे, ‘जालीमा ७४ घनमिटर ढुंगा भरेर ड्याम बनाइएको छ । वन्यजन्तुलाई हिड्न गाह्रो नहोस् भनेर जालीलाई माटोले पुरिएको छ ।’ चुरे पहाडको मुलबाट रसाएर आएको पानीबाट जलसेनीमा सीमसार क्षेत्र बनेको छ । बाँध बाँध्नु अघि त्यहाँको पानी बगेर जान्थ्यो । ताल सुक्थ्यो । अब त्यहाँ बाह्रैमास पानी जम्ने अपेक्षा छ । ‘धेरै पटक यहाँ पानी खान आएको बाघ भेटिएको छ । यो बाघ पाइने क्षेत्र हो’, केही दिन हप्ता अघि निकुञ्ज अवलोकन गर्न जाँदा वार्डेन साहले कालो पानीमा तैरिरहेको कालो चरा देखाउँदै भनेका थिए, ‘परको तालमा हेर्नुस् त त्यो कालो विदेशी चरा हो । यहाँ थुप्रै चरा पनि छन् ।’

बाँके निकुञ्जभित्रको जलसेनी सीमसार क्षेत्रमा बाँध बाँधेर गरिएको पानी संरक्षण

जलसेनीको सीमसारमा बाँध बाँध्न २३ लाख पचहत्तर हजार तीन सय रुपैयाँ सहयोग गरेको तराई भू–परिधिका कार्यक्रम सह–प्रबन्धक कमलराज राईले बताए । तराई भू–परिधिले यस्तै निकुञ्जभित्र पानीको स्रोत व्यवस्थापन गर्न गोठेरी÷खैरीमा पनि चार लाख ९९ हजार ५८६ रुपैयाँ सहयोग गरेको छ । जलसेनीमा पानी खान आएका वन्यजन्तु अवलोकन गर्ने मचान पनि छ तर सिँढी भाँचिएको र काठका खाँबा बाँङ्गिएर प्रयोग विहीन छ ।

बाँके निकुञ्जभित्र पुरुवा चटिया नजिकको सोलार पम्प तयार गरिएको पानी पोखरी

जलसेनी मात्र होइन, निकुञ्जले आफ्नै स्रोतमा पनौती, गन्धेली र रानी गजुरी क्षेत्रमा पनि बाँध बाँधेर तालको पानी संरक्षण गरेका निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जको पूर्व दक्षिणमा राप्ती नदी र पूर्व उत्तरमा बबई नदी छ । दुबै नदीलाई बाहिर राखेर निकुञ्ज बनाइएको छ । वन्यजन्तुलाई नदीको पानी खान समस्या छ । राजमार्गको बाटो हुँदै पानीको खोजीमा निस्कँदा गाडीको ठक्करबाट जनावरको मृत्यु हुने गरेको छ । बर्सेनि औसत ५५ वटा जनावरको गाडीको ठक्करबाट ज्यान जाने गरेको छ । आर्थिक वर्ष ०७१÷७२ देखि ०७८÷७९ सम्म ४४६ वटा वन्यजन्तुको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

बाँके निकुञ्जभित्र खैरी फाँटामा सोलार पम्पबाट व्यवस्थापन गरिएको पानी पोखरी

त्यसो त, निकुञ्जभित्र परुवा, सुखार, मुगुवा खोला लगायतका ४५ वटा खोला छन् । अधिकांश खहरे खोला हुन् । वर्षायाम बाहेक यी खोलामा पर्याप्त पानी हुँदैन । खेरी लगायतका १० वटा स्थानमा सोलार सिस्टमबाट चल्ने डिप बोरिङ गाडेर नियमित पानीको व्यवस्था गरिएको छ । पानीको वैकल्पिक व्यवस्थाका लागि निकुञ्जभित्र ८० वटा कृत्रिम पोखरी खनिएको छ । कृत्रिम पोखरी मध्यवर्ती क्षेत्रमा पनि छन् । फागुन महिनातिर ट्यांकीको पानी ती पोखरीमा छोडिन्छ ।
सरकारले बाघ संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २८ असार ०६७ मा देशकै १० औं निकुञ्जका रूपमा बाँके निकुञ्ज स्थापना गरिएको थियो । बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्गमिटर क्षेत्रफलमा निकुञ्ज छ । निकुञ्ज पाटेबाघ, हात्ती, चौकाको महत्वपूर्ण वासस्थान हो । सन् २०२२ को गणना अनुसार बाँके निकुञ्जमा २५ वटा पाटेबाघ छन् । सन् २०१३ को गणनामा निकुञ्जमा ४ वटा मात्र थिए ।

integtime=1535 A=80 D=128
flashCrossoverCdS=200.00
RESERVED=0
AspectRatio=1.0000
derivativeClipNormal=6
RESERVED=0
chargeFlashTarget=270.00
delayBetweenImagesFlash=0
delayBetweenImagesDaylight= 0.30
jpegCompressionRatio=12
Temperature= 14.38
ImageCount=3815