राजापुरका सहिद तथा बेपत्ता परिवारलाई बाख्रा र भैंसीपालनमा अनुदान

प्रकाश विश्वकर्मा । राजापुर
बर्र्दियाको राजापुर नगरपालिकाले सशस्त्र द्वन्द्वका सहिद तथा बेपत्ता परिवारलाई जनही एक लाख रुपैयाँका दरले पशुपालनमा अनुदान दिएको छ ।

राजापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख मनकलाकुमारी चौधरीका अनुसार नगरका २० परिवारलाई भैंसीपालन र १५ परिवारलाई बाख्रापालन गरी ३५ परिवारलाई जनही एक लाख रुपैयाँका दरले अनुदान दिइएको हो । उनीहरुलाई पशुपालन सम्बन्धी तालिम पनि दिइएको थियो । नगर उपप्रमुख चौधरीले बुधबार बाख्रा वितरण गरेकी थिइन् । द्वन्द्व पीडितलाई पशुपालनबाट आत्मनिर्भर बनाउन उनीहरुकै माग अनुसार बाख्रा र भैंसीपालनमा सहयोग गरेको नगरपालिकाले जनाएको छ ।