अन्ततः धामी नेतृत्वको समावेशी र रौनियारको साझा प्रजातान्त्रिक मात्र चुनावी मैदानमा

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा अन्ततः टंकबहादुर धामी नेतृत्वको समावेशी प्यानल र ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक दुई प्यानल मात्र चुनावी मदानमा उत्रिएका छन् ।
नेकपा (एमाले) निकट उद्योगी व्यवसायीले पनि उम्मेदवारी दिएपछि तीन प्यानलको सम्भावना थियो । समावेशी प्यानललाई एकताबद्ध गर्न अध्यक्ष पदकी उम्मेदवार रचना श्रेष्ठ, उपमहासचिवकी उम्मेदवार सरला विष्ट र सम्बद्ध सदस्यबाट रङ्गबहादुर खड्काले उम्मेदवारी फिर्ता लिए । वाणिज्यतर्फका उपाध्यक्ष र्इश्वर श्रेष्ठ, महासचिव पदका उम्मेदवार विजय भण्डारी र सदस्य पदका उम्मेदवारद्वय सुनिल बनियाँ र नन्दराम न्यौपाने, एशोसियट सदस्यबाट विजय अधिकारी र राजिव तलङ्गाले पनि समावेशीलाई बलियो बनाउन उम्मेदवारी फिर्ता लिएसँगै अब दुई प्यानलबीच मात्र प्रतिष्पर्धा हुनेछ ।

समावेशी प्यानलबाट अध्यक्षमा टंकबहादुर धामी र साझा प्रजातान्त्रिक समुहबाट अध्यक्षमा ललितकुमार रौनीयारको मात्र उम्मेदवारी कायम भएको छ । एमालेको समर्थनले धामीलाई जितको ग्रीन सिग्नल र रौनियारलाई कडा चुनौतीको संकेत गरेको आँकलन गर्न थालिएको छ ।

धामी नेतृत्वको समावेशी प्यानलबाट चिरञ्जीवी ओली उपाध्यक्ष (उद्योग), हरिलाल न्यौपाने उपाध्यक्ष (वाणिज्य), मन्दिरा पाण्डे उपाध्यक्ष (महिला), भीमबहादुर रानाभाट महासचिव, मदनराज शर्मा उपमहासचिव र सलाउद्दिन जसगढले कोषाध्यक्ष पदमा उम्मेदवारी दिए । सदस्य पदमा इन्दिरा कुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर बिके, सुदन केसी, शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, टीकामणि उपाध्याय, डम्बरबहादुर चन्द, जमालुदिन अन्सारी, कमल कार्की (एशोसियट), सञ्जय अग्रवाल सदस्य (एशोसियट) र फणाधर भण्डारी सम्बद्ध सदस्यमा उम्मेदवारी कायम भएको छ ।


रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्ष (वाणिज्य) विष्णुप्रसाद श्रेष्ठ, मोहम्मद सफिक बेहना (उद्योग) र करिश्मा योगी उपाध्यक्ष (महिला), महासचिवमा टंकप्रसाद शर्मा, उपमहासचिव पदका टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीको उम्मेदवारी कायम भएको छ । सदस्य पदमा सुनील भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुलवरा जोलाहा, अतुलकुमार गुप्ता, बलबहादुर बिष्ट, एशोसियट सदस्यद्वया प्रदीपकुमार गुप्ता र पुरुषोतम अग्रवाल, सम्बद्ध सदस्यमा हिमनाथ पौडेल र विनय श्रेष्ठको उम्मेदवारी कामय भएको छ । उपाध्यक्ष उद्योगतर्फ दीपेन्द्र श्रेष्ठ र सम्बद्ध सदस्यमा किसन गुरुंगको पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।