७२ प्रतिशत मत ल्याएर एशोसियट सदस्यमा समावेशीका कमल कार्की विजयी

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको एशोसियट सदस्यमा समावेशी प्यानलका कमलकुमार कार्की कूल मतदाताको ७२ प्रतिशत मत ल्याएर विजयी भएका छन् ।

नेपालगन्ज रंगशालाको कबर्ड हलमा शनिबार भएको मतदानमा १८२ एशोसियटका मतदातामध्ये १६६ मत खसेको थियो । जसमा कार्की ११९ मत ल्याएर विजयी भए । जुन कूल मतको ७१.६८ प्रतिशत हो । अर्को एशोसियट सदस्य पदमा साझा प्रजातान्त्रिक प्यानलका प्रदीपकुमार गुप्ता विजयी भएका छन् । ८८ मत ल्याएर गुप्ता विजयी भए । साझा प्रजातान्त्रिकका पुरुषोत्तम अग्रवालले ५८ मत र समावेशी प्यानलका संजय कुमार अग्रवालले ४२ मत ल्याएर पराजित भए । ३ वटा मत बदर भएको निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ ।