नरैनापुर रंगशाला परिसरमा वृक्षारोपण

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाले निजामती सेवा दिवसको अवसर वृक्षारोपण गरेको छ ।
गाउँपालिकाले नवनिर्मित रङशाला र वडा नं. १ स्थित आधारभूत विद्यालयमा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा विभिन्न प्रजातिका ३५० वटा विरुवा रोपेको गाउँपालिकाका योजना शाखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, नेपाली सेनाका सहायक रथी प्रकाश थापा, सशस्त्र प्रहरी नायव उपरीक्षक दीपक चन्द, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज खराल, वडाध्यक्षहरुले वृक्षारोपण गरेका थिए ।