पत्रकार चुके, ब्रह्मकुमारी दुर्गा र योगगुरु भट्टराईलाई गुल्मेली समाजद्वारा सम्मान

नेपालगन्ज : गुल्मेली समाज सेवा समिति बाँकेले आध्यात्मिक र पत्रकारिता क्षेत्रमा क्रियाशील तीन जनालाई सम्मान गरेको छ ।
समाजले शनिबार नेपालगन्जमा तीज मिलन तथा सम्मान कार्यक्रम आयोजना गरेर व्रह्माकुमारी विश्वविद्यालय नेपालगन्जकी प्रमुख व्रह्माकुमारी दुर्गा, योग गुरु गिरिराज शर्मा भट्टराई र वरिष्ठ पत्रकार पूर्णलाल चुकेलाईलाई सम्मान गरेको हो । प्रमुख अतिथि लक्ष्मणप्रसाद गौतम, समाजका अध्यक्ष हरिलाल न्यौपाने, व्रह्माकुमारी दुर्गाले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए ।
समाजले एसईईमा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने र माध्यमिक शिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्र्र्थीलाई सम्मान गर्ने वार्षिक कार्यक्रम अन्तर्गत खिमप्रसाद घिमिरेको छोरी नेहा घिमीरेलाई र रामप्रसाद पन्थको छोरा प्रमेश पन्थलाई ५–५ हजार नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा गुल्मेली महिलाहरुले मौलिक तीज गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।