कर्णाली प्रदेश प्रहरीका ३०० जवान दीक्षित
नेपालगन्ज : कर्णाली प्रदेश प्रहरीका तीन सय जवान दीक्षित भएका छन् ।
नेपालगन्जको कारकाँदोमा कार्यालय रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले १३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिमको दीक्षान्त समारोह आइतबार सम्पन्न गरेको हो । कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआइजी भीमप्रसाद ढकालले तालिम प्राप्त जवानहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक वरिष्ठ प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार २० कार्तिक २०७९ कात्तिकबाट तालिम सुरु भइ २३४ दिनसम्म सञ्चालन गरिएको प्रहरी जवानको सो आधारभूत तालिममा १७८ पुरुष र १२२ महिला गरेर ३०० जना प्रशिक्षार्थीले तालिम पूरा गरेको बताए ।