बालसुधार गृहका ६८ जना प्रहरी हिरासतमा

File photo

नेपालगन्ज : बाँकेको जयेन्दु बालसुधार गृहमा झडप भएपछि ६८ जनालाई जिल्लाका आधा दर्जन प्रहरी हिरासतमा स्थानान्तरण गरिएको छ ।
बालसुधार गृहका प्रमुख विमला काउचाका अनुसार जिल्ला प्रहरी कार्यालय, नेपालगन्जको वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय जमुनाहा, डुडुवा गाउँपालिकाका हिरमिनिया र बेतहनी प्रहरीका हिरासतमा अर्को व्यवस्था नभएसम्मका लागि स्थानान्तरण गरिएको हो ।
जिल्ला बाल न्याय समन्वय समितिको बैठकमा १८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई बाँके कारागार भन्दा अर्को कुनै स्थानान्तरण गर्न सकिनेबारे पनि छलफल जारी रहेको छ । गत ४ असोजमा बाँकेको बालसुधार गृहबाट फरार भएका चार जना अझैै सम्पर्कबिहीन नैै छन् । बाल सुधार गृहमा रहेका २५४ जनामध्ये बाँकेका दुई, दैैलेख र कैलालीका एक एक जना सम्पर्कबिहीन भएका थिए ।