कुँवर नेशनल प्याब्सनको केन्द्रीय सदस्यमा मनोनित

नेपालगन्ज : नेशनल प्याव्सन बाँकेका निवर्तमान अध्यक्ष श्याम कुँवर नेशनल प्याव्सनको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
नेशनल प्याव्सन केन्द्रीय समितिको बुधबार बसेको बैठकले कुँवरलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उनी २०५५ सालदेखि शिक्षा क्षेत्रमा सेवारत छन् । हाल बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित हिमालय विद्या निकेतन सञ्चालकको रुपमा कार्यरत छन् । कक्षा ११ सम्म सञ्चालित विद्यालयमा एक हजार दुई सय विद्यार्थी अध्ययनरत छन् ।