बासद्वारा भण्डारी, कार्की र मगर पुरस्कृत

अन्जना धितालनेपालगन्ज
बास नेपालले तीन जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।
शनिबार नेपालगन्जमा सम्पन्न संंस्थाको २०औं वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रममा कार्यक्रम प्रबन्धक मन भण्डारी, जनसम्पर्क अधिकृत माधव कार्की र शोभा थापा मगरलाई पुरस्कृत गरिएको हो ।
वार्षिक साधारणसभामा आयोजित विभिन्न मनोरञ्जनात्मक प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । वार्षिक साधारणसभाको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले फेसबुकमार्फत जानकारी दिएका छन् ।