नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यू

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यू जारी गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेशको सूचना जारी गरेका हुन् ।
नेपालगन्जको पूर्वमा राप्तीनदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यू लगाइएको छ ।
कर्फ्यू लगाइएको चार किल्ला क्षेत्रमा कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस -याली गर्न, हुल हुज्जत गर्न र हिडडुल गर्न नपाइने आदेशमा उल्लेख छ ।
गत १४ असोजमा एक जना युवाले मुस्लिम समुदायलाई लक्षित गरेर लेखेको फेसबुक स्टाटसको विषयले मुस्लिम समुदायले विरोध प्रदर्शन गरेको थियो । मंगलबार ओमकार परिवार हिन्दु समाजले निकालेको ¥यालीको क्रममा विवाद उत्पन्न भइ नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहारलगायतका विरोध प्रदर्शनका कारण देखाउँदै प्रशासनले कर्फ्यू लगाउन बाध्य भएको जनाएको छ ।