सुरु भयो बडादशैं, घरघरमा राखियो जमरा

नेपालगन्ज : हिन्दु धर्मालम्वीहरुको सबैभन्दा ठूलो चाड बडादशैं (नवरात्र) सुरु भएको छ ।
नवरात्रको पहिलो दिन आइतबार बिहान ११ बजेर २९ मिनेटको साइतमा दश विदेशमा रहेका हिन्दु धर्मालम्बीले जमरा राखेका हुन् । आइतबार चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छबडादशैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।