सरसरफाइ र स्वच्छतामा नमुना बन्दै ठाकुरबाबा

सैनवार : बर्दियाको ठाकुरबाबा नगरपालिका सरसफाइ र स्वच्छताको क्षेत्रमा नमुना बन्दै गएको छ ।
नगरमा विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहमा अपांग र लैगिंक वासका संरचना निर्माण र ती संरचनाको मर्मत सम्भारका लागि कोष स्थापना गरिएको छ ।
नगरपालिकाले वासका संरचना मर्मत सम्भारका लागि नगर स्तरमा पाँच लाख रुपैया र स्वास्थ्य संस्थामा जनही १५ हजार रुपैयाँको कोष बनाएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल बताउँछन् । उनले सामुदायिक विद्यालयका लागि पनि वासका संरचना मर्मत सम्भारका लागि कोष स्थापना गरिने आश्वासन दिए ।
स्वास्थ्य संस्थालाई वासको मर्मत सम्भार कोषको बजेट विनियोजन गर्नुअघि गेरुवा ग्रामीण जागरण संघ बर्दियाको सहयोगमा वास फिटका आधारमा लेखाजोखा गरिएको थियो । जसमा नगरका प्रतिनिधिमूलक स्वास्थ्य संस्थामा वासका भौतिक पूर्वाधार, आवश्यक पूर्वाधार र नियमित मर्मत सम्भारका लागि आवश्यक पर्ने कोषको लेखाजोखा गरिएको अनुुसन्धानकर्ता हरि सुवेदी बताउँछन् ।

गेरुवा ग्रामीण जागरण संघका कार्यकारी निर्देशकसमेत रहेका सुवेदी नेपालमै पहिलो पटक २८ वैशाख २०८० मा ठाकुरबाबा नगरलाई नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषणा गरेर नमूना काम भएको दाबी गर्र्छन् । नगरलाई स्वास्थ्यजन्य फोहरमुक्त पालिका बनाउन पहल सुरु भइसकेको उनले जानकारी दिए । उनले भने, चाँडै नै मोबाइल एप बनाएर नगरपालिकाले तत्कालै गर्नुपर्ने मर्मत सम्भारको सूचना पाउने र मर्मतको काम समयमै गर्ने तयारी भइरहेको छ ।
देशैभरीका स्थानीय तहले सार्वजनिक खरिद ऐनलाई बाहाना बनाएर कमसल सेनेटरी प्याड खरिद गरेर वितरण गरिरहेकोमा ठाकुरबाबाले पूराना कमसल प्याड हटाएर कार्यविधि बनाएर नयाँ मापदण्डका आधारमा प्याड खरिद गरेर विद्यार्थीलाई उपलब्ध गराएको छ ।
गेरुवा ग्रामीण जागरण संघ बर्दियाले कोरिया इन्टरनेशनल को–अपरेशन एजेन्सी ९कोइका०को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाको सोमबार नगर कार्यपालिका कार्यालय सैनवारमा आयोजित समीक्षा, समापन तथा सामाजिक परीक्षण कार्यक्रममा नगरपालिका उपप्रमुख विनाकुमारी भट्टराई भने मर्मत सम्भार गर्ने कार्यका लागि छुट्टै जनशक्ति नियुक्त गरेर पालिका भरी मर्मत सम्भारको काम गर्न सकिने बताएकी थिइन् ।


कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्सालले शिक्षा, स्वास्थ्य र सरसफाइको क्षेत्रलाई नगरले प्राथमिकता दिएको बताए ।

उनले विद्यालयका वासका संरचना मर्मत सम्भारका लागि समस्या भएमा मर्मत गरेर बिल पेश गर्न पनि आग्रह गरेका थिए ।
कार्यक्रममा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाको समीक्षा र समापन गरिएको थियो ।

परियोजना संयोजक सुरज अर्यालले तीन वर्षको अवधिमा ठाकुरबाबाका नौ वटा विद्यालयमा अपाङमैत्री तथा लैङ्गिमैत्री शौचालय, महिनावारी आराम कक्ष, किशोरकिशोरीमैत्री सूचनाकक्ष, अपाङ्गमैत्री हेन्डवासिगं स्टेशन निर्माण र शौचालयको मर्मत परियोजनाले गरेकोे थियो ।
पत्रकार शंकरप्रसाद खनालले परियोजनाको तेस्रो वर्षको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै परियोजनाले निर्माण गरेका पूर्वाधार र कार्यक्रमको दीगोपनका लागि सुझाव दिएका थिए । गेरुवा ग्रामीण जागरण संघका कार्यकारी निर्देशक हरि सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख इन्द्र्रबहादुर राजवंशी, जगदम्बा मावि मढेलाका प्रधानाध्यापक कलमबहादुर शाहीलगायतले स्वास्थ्य र सरसफाइको अवस्था र सुधारका लागि गर्नुपर्ने कामबारे धारणा राखेका थिए ।