स्कुल बस दुर्घटनामा विद्यार्थीको मृत्युपछि आफन्तद्वारा खजुरामा हुलाकी राजमार्ग अवरुद्ध

सिमलघारी : बाँकेको खजुरामा स्कुले बस दुर्घटनामा विद्यार्थीको निधन भएपछि आफन्तद्वारा खजुरामा हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् । खजुरा गाउँपालिका ३ को दीपक बोर्डिंग स्कुलको बस परीक्षा सकेर सोमबार घर फर्कने क्रममा दुर्घटना हुँदा कक्षा ६ का विद्यार्थी योसेप नेपालीको मृत्यु भएको थियो ।

मृत्युपछि आफन्तले सिमलघारीको सडकमा टायर बालेर सडक अवरुद्ध गरेका थिए । बस दुर्घटनामा विद्यार्थीको निधन भएकोमा शोकमा खजुराका निजी विद्यालयमा मंगलबार विदा दिइएको छ ।