छोराले गरे बाबुको हत्या

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको जानकी गाउँपालिका एक जना छोराले बाबुको हत्या गरेका छन् । जानकी-३ लायकपुरका २४ वर्षिय गणेश चौधरीले आफ्ना ४५ वर्षिय बाबु हिरासिंह थारुलाई ढुङ्गाले हानी हत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
शनिबार राति १० : ५५ बजेको समयमा घरायसी विवादको क्रममा हत्या गरेको प्रहरीले जनाएको छ । हत्या अभियोगमा प्रहरीले गणेशलाई राति ११:३० बजे नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।