कोहलपुर गोल्ड कप : चर्च व्वाइज फाइलनमा

नेपालगन्ज : मुख्यमन्त्री कोहलपुर गोल्ड कपमा चर्च व्वाइज यूनाइटेड काठमाडौं फाइनलमा पुगेको छ ।
शुक्रबार तेस्रो दिन भएको पहिलो सेमिफाइनल खेलमा चर्च व्वाइज यूनाइटेडले गोर्खा व्वाईजलाई ३-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । चर्च व्वाइजको जितका लागि खेलाडी सुशान श्रेष्ठ (३६ मिनेट), विशाल बस्नेत (४७ मिनेट) र आरुज सिंह (७६ मिनेट) मा गोल गरेका थिए । चर्च व्वाइजका खेलाडी विशाल बस्नेत म्यान अफ द म्याच भए । उनले नगद ५ हजार रुपैयाँ पाए । प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र वी.एफ.सी. चितवनबीच प्रतिष्पर्धा हुने खेल संयोजक रामबहादुर मल्लले बताए ।