कराँते खेलाडीलाई कोहलपुर-११ द्वारा सम्मान

दीपक क्षेत्री । कोहलपुर
बाँकेको कोहलपुर नगरपालिकाको वडा नं ११ ले कराँते खेलाडीलाई सम्मान गरेको छ ।
७औँ दक्षिण एसियाली कराँते प्रतियोगिताका लागि प्रदेशका लागि छनोट भएका खेलाडीलाई कोहलपुर–११ का वडाध्यक्ष कल्पना शर्माले शनिबार सम्मान गरेकी हुन् । कार्यक्रममा नेपाल कराँते महासंघका अध्यक्ष सन्तोष शाहले कराँते खेलाडीलाई जितको शुभकामना दिएका थिए ।
बिहीबार नेपालगञ्ज महेन्द्र रङ्गशालामा भएको ७औँ दक्षिण एसिया कराँते प्रतियोगितामा जिल्लाबाट लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका २८ जना कराँते खेलाडी शनिबार प्रदेश छनोटको लागि कपिलवस्तु गएका छन् । उनीहरुले प्रदेश स्तरीय छनोटमा विभिन्न तौल प्रकारका क्याडेट अन्तर्गत जुनियर १४, १५, १६, १७, सिनियरतर्फ १८, २० र २१ं टीम काँता, टिम कुमुते, एकल काँतामा प्रतिष्पर्धा गर्नेछन् ।