कोहलपुर गोल्डकप : डिफेन्डिङ च्याम्पियन क्वाटर फाइनलमै पराजित

कोहलपुर : कोहलपुर गोल्डकपको डिफेन्डिङ च्याम्पियन एभिनियर एफ.सी.क्यामरुन क्वाटर फाइनलमै पराजित भएको छ । १२ चैत्र २०७९ मा भएको पहिलो कोहलपुर गोल्डकपको विजेता एभिनियर एफ.सी.क्यामरुन अफ्रिकन देश क्यामरुनको क्लब हो । कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको मुख्यमन्त्री कोहलपुर गोल्डकपको दोस्रो क्वाटर फाइनल खेलमा दुधौली स्पोर्टस् क्लब सिन्धुलीले एभिनियर एफ.सी.ट्राइब्रेकरमा पराजित गरेको हो ।
दुधौली स्पोर्ट क्लब सिन्धुलीले एभिनियर एफ.सी.क्यामरुनलाई ट्राइब्रेकरमा (६—७) गोलको अन्तरले पराजित गर्दै दुधौली स्पोर्ट क्लब सिेमिफाइनलमा पुगेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र गोल हुन नसकेपछि ट्राइब्रेकरमा खेल टुंगिएको थियो । खेलमा एभिनियर एफ.सी.क्यामरुनका ३ जना खेलाडीले पहेलो कार्ड पाएका थिए भने १ जना खेलाडीले रातो कार्ड पाएका थिए । दुधौली स्पोर्ट क्लबका भने एक जना मात्र खेलाडीले पहेलो कार्ड पाएका थिए ।

मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता–०८० मा आइतबारको एभिनियर एफ.सी.क्यामरुन र दुधौली स्पोर्ट क्लबबीच प्रतिष्पर्धा हुँदै

दुधौली स्पोर्ट क्लबलका खेलाडी लोकेश चौधरीले म्यान अफ द म्याच घोषित भए । नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषण केसीले चौधरीलाई नगद ५ हजार रुपैयाँको पुरस्कार हतान्तरण गरेका थिए ।
कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता–०८० मा सोमबार आर्मी फुटबल क्लब काठमाडौं र दुधौली स्पोर्ट क्लब सिन्धुलीबीच दोस्रो सेमिफाइनल खेल हुने खेल संयोजक रामबहादुर मल्ले जानकारी दिए । आइतबारको विजेता र फाइनलमा पुगेको चर्च व्वाइज युनाइटेडबीच उपाधिका लागि प्रतिष्पर्धा हुनेछ । ्