वडा स्तरीय गणित दौडमा कृष्ण वोर्डिङ स्कुलकी छात्रा चलाउने प्रथम (विजेता सूचीसहित)

सिधनवाँ (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका ६ मा आयोजना गरिएको वडा स्तरीय खेलकुद प्रतियोगिताको गणित दौड खेलमा कृष्ण इग्लिस मिडियम स्कुल महेमानपुरकी छात्रा विनिता चलाउने प्रथम स्थान भएकी छन् ।

१६औं राष्ट्रपति रर्निङ शिल्ड अन्तर्गत छैठौं राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रर्निङ शिल्ड खेलकुद छनौट प्रतियोगिताका लागि वडा नं. ६ ले मंगलबार आयोजना गरेको प्रथम वडा स्तरीय आधारभूत तह खेलकुद छनोट प्रतियोगिताको गणित दौड खेलमा चलाउने प्रथम भएकी हुन् । प्रतियोगितामा सिद्धेश्वर मावि प्रथम, नेपाल राष्ट्रिय माध्यमिक गुलरी दोस्रो र सुकमौया प्रावि विजयनगर तेस्रो भएका छन् ।