अबैध कम्मलसहित मोटरसाइकलमा नियन्त्रणमा

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनीस्थित प्रहरीले अबैध रुपमा नेपाल भित्र्याउन लागेको कम्मलसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
सीमा प्रहरी चौकी पृथ्वीपुरबाट लक्ष्मीदत्त भट्टको नेतृत्वमा खटिएको गस्ती टोलीले भजनी नगरपालिका वडा न ५ स्थित कालिका सामुदायिक वन क्षेत्रबाट सुपप्र ०१-००९प ८५७४ नम्बरको मोटरसाईकलमा नेपाल भित्र्याउदै गरेको अवस्थामा कम्बल पक्राउ गरेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख लोकराज जोशीले जानकारी दिए । जोशीका अनुसार नियन्त्रणमा लिएको कम्बल ३० हजार नौ सय मूल्य बराबरको रहेको छ भने मोटरसाइकल करिब १ लाख ५० हजार बराबर गरी एक लाख ८० हजार नौ सयको रहेको जनाएको छ । मोटरसाइकलसहित सामान कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौला बुझाउन तयारी भएको इलाका प्रहरी कार्यालयका प्रमुख जोशीले बताए ।