सत्ती-कर्णाली सामुदायिक वनको अध्यक्षका प्रत्यासीविरुद्ध उजुरी परेपछि निर्वाचन अन्यौलमा

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ७ काो सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको कार्य समिति चयन प्रक्रियामा विवाद भएको छ ।
२८ पुसमा साधारणसभाको उद्घाटन शत्रपछि आगामी कार्यकाल लागि निर्वाचन समितिले नयाँ कार्य समिति चयनबो प्रकृया अगाडि बढाएको थियो । सुरुमा सहमतिको प्रयास भयोे । सहमतिमा कार्य समिति चयन हुन नसकेपछि निर्वाचन समितिको चुनावी कार्यतालिका सार्वजनिक गयो । २ माघमा उम्मेदवारी दर्ता भयो । दुई वटा प्यानल बनाएर मनोनयन दर्ता भयो । बहालवाला अध्यक्ष धनसिंह साउँदको नेतृत्वमा एउटा प्यालन र बहालवाला सह सचिव प्राङ्कुश चौधरीको नेतृत्वमा अर्को प्यानलले उम्मेदवारी दर्ता गरायो। निर्विरोध अध्यक्ष हुनका लागि प्राङ्कुश चौधरीले धनसिंह साउँदबिरुद्ध उजुरी हाले। वन निमावली २०७९ ले दुई कार्यकाल अध्यक्ष भइ सकेकोले पुनःअध्यक्ष हुन नपाउने र स्वत आफू अध्यक्ष हुने भन्दै निर्वाचन समितिका उजुरी हाले ।
अर्का अध्यक्षका प्रत्यासी धनसिंह साउँद पक्ष पनि के कम, अध्यक्षका प्रत्यासी प्राङकुश चौधरीबिरुद्ध पनि उजुरी हाले । साउँद पक्षले अध्यक्ष प्रत्यासी चौधरी टीकापुर नगरपालिका वडा न ८ वनगाउँस्थित प्रस्तावित वनगाउँ सामुदायिक वन उपभोक्ता समूहको समेत अध्यक्ष रहेको वन निमावली अनुसार एक ब्यक्ति दुई ठाउँमा उपभोक्ता सदस्य समेत हुन नपाउने प्रावधान रहेको अवस्थामा अध्यक्षसमेत हुन अयोग्य हुन्छ भन्दै उजुरी हालेको छ । चौधरीका बिरुद्ध प्रस्तावित सामुदायिक वन उपभोक्ता समूहको २०७४ सालदेखि साधारणसभा समेत नगरि रकम हिनामिना समेत गरेको भन्दै प्रस्तावित सामूदायिक वन उपभोक्ता समूहका करिब ४० जना भन्दा बढी उपभोक्ताले समेत उजुरी हालेको जनाइएको छ । उम्मेदवारीमाथि परेको उजुरीका विषयमा सब वन डिभिजन कार्यालय पहलवानपुरमा लिखित जानकारी गराउने उक्त कार्यालयको निर्देशन अनुसार निर्वाचन प्रकृया अगाडि बढाउने जानकारी निर्वाचन समितिका संयोजक वीरेन्द्र शाहले जानकारी दिएका छन । संयोजक शाहका अनुसार उजुरीका बारेमा टुङ्गो लागेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय समेत निर्वाचन समितिले गरेको छ ।