अयोध्या राम मन्दिरको प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामै ‘राममय’ नेपालगन्ज (फोटो फिचर)
नेपालगन्ज : भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा राम मन्दिरमा भगवान श्रीरामको प्राण प्रतिष्ठा कार्यक्रमको पूर्वसन्ध्यामा नेपालगन्ज पनि राममय बनेको छ ।
नगरको मुटु त्रिभुवन चोक, सदरलाइन, त्रिवेणी मोड, रानीतलाउ क्षेत्र ध्जजा, पताका, झन्डा र बिजुली बत्तिले रंगिएको छ । सो क्षेत्र रातिमा पनि दिउँसो जस्तै बिजुली बत्तिले धपक्कै बलेको छ । नगरभरी श्रीराम लेखिएका झण्डा गाडिएका छन् । सोमबार नेपालगन्जमा शोभायात्रा पनि बताइएको छ ।