सबै अस्पतालका बिरामीलाई रगत निःशुल्क गर्न माग

नेपालगन्ज : बाँकेका स्वयंसेवी रक्तदाताहरुले सबै अस्पतालका बिरामीहरुलाई निःशुल्क उपलब्ध गराउन माग गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेले १८औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा सोमबार नेपालगन्जमा आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो माग गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य अम्बिकी काफ्ले, समाजका बाँके सल्लाहकार पूर्णलाल चुके, सहकारी बैैंक सञ्चालक सदस्य, अन्तर पार्टी महिला सञ्जालका पूर्वअध्यक्ष रेखा गुप्ताले सबै अस्पतालका बिरामीलाई रगत निःशुल्क उपलब्ध गराउन स्थानीय, प्रदेश र नेपाल सरकारसँग माग गरेका हुन् । प्रदेशसभा सदस्य काफ्लेले लुम्बिनी प्रदेश सरकारसँग रगत निःशुल्क गराउने पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् । समाजका बाँके अध्यक्ष डिला शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका जिल्ला कोषाध्यक्ष मनमोहन बर्माले स्वागत गरेका थिए ।