टीकापुर नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कर्णाली मावि प्रथम

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा जारी नगरस्ततिय अन्तर विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा आयोजक कर्णाली माध्यमिक विद्यालय सत्ती प्रथम भएको छ ।
नगरका ५९ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा कर्णाली माविले ८ स्वर्ण, ८ रजत र १० काँस्य पदक भएर प्रथम भएको हो । ५ स्वर्ण ४ रजत २ काँस्य पदक ल्याएर त्रिभुवन मावि बटनपुर दोसो र ५ स्वर्ण ३ रजत ३ काँस्य पदक ल्याएर खड्ग मेमोरियल सेकेण्डरी स्कुल तेस्रो भएको छ ।
टीकापुर नगरपालिकाको प्रायोजन तथा कर्णाली मावि टीकापुर ७ सत्ती र कर्णाली मावि टीकापुर १ को आयोजनामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ नगर स्तरीय अन्तर विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भएको थियो । प्रतियोगितामा दौड, हाइजम्प,लमजङ्ग, ज्याबलिङ्ग थ्रो, सटफुट, भलिबल लगायतका खेलहरु सञ्चालन भएको आयोजक विद्यालयका प्रधानाध्यापक जगवीर शाहले बताए । प्रतियोगितामा टीकापुर नगरपालिका वडा न १ देखि ५ सम्मका सामुदायिक र निजि विद्यालयहरुको नगर स्तरीय अन्तर विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पनि टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरको खेल मैदानमा सञ्चालन भएको थयो ।