विश्वासिलो सहकारीको पाँचौं रक्तदान कार्यक्रममा ५८ जनाद्वारा रगत दान

बारबर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका ८ मढेलामा केन्द्रीय कार्यालय रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको पाँचौं रक्तदान कार्यक्रममा ५८ जनाले रगत दान गरेका छन् ।

शहिद दिवसको अवसरमा गत मंंगलबार बारबर्दिया नगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा ४८ पुरुष र १० महिला गरी ५८ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया नगर समितिको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उप–शाखा बारबर्दिया, बारबर्दिया उद्योग बाणिज्य संघ, किसान पे्रमी युवा समाज बारबर्दिया, बारबर्दिया नागरिक समाज र लायन्स क्लब अफ मगरागाडी बर्दिया लगायत अन्य स्थानीय संघसंस्थाहरुको समन्वय तथा सहकार्य गरेका थिए ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल थारु, विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रिय अध्यक्ष चित्रप्रसाद खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रीय सदस्य पे्रमप्रसाद लम्साल, बारबर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष नमराज पौडेल, नेपाल रेडक्रस सोसाइटी मधुवन उप–शाखाका सभापति अम्बरबहादुर केसी, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सचिव श्यामलाल थारु, सदस्य शंकर थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया नगरसमितिका अध्यक्ष गंगाराम पाठक, बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रिय कार्यालयका कार्यकारी प्रमुख कृष्णप्रसाद शर्मा, सचिव कुमारी विजया खनाल, कोषाध्यक्ष सरिता चौधरी, नेपाल रेडक्रस सोसाइटी उप–शाखा बारबर्दियाका सभापति श्रीराम चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल लगायतले संयुक्त रुपमा प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक होमराज गिरी, महेश राना क्षेत्री र राम कुमार वर्मालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया जयनगरका अध्यक्ष गंगाराम पाठक ९ पटक, शंकर थारु १६ पटक, विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रिय कार्यालयकी सचिव कुमारी विजया खनाल, बारबर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष नमराज पौडेल, निर्मला चौधरी, रामकुमार चौधरी, सुमतरानी चौधरी, जसबहादुर केसी, नरेश दहित, प्रकाश चौधरी, जनकलाल चौधरी, गणेशराम थारु, नविन जैसी, बालकृष्ण चौधरी, बसन्त सेवेदी, अनिल चौधरी, जीवन कुमार थापा, चल्टुराम थारु २१ औं पटक रक्तदान गरेका थिए ।
त्यसैगरी शिवबहादुर थारु, इन्द्रकुमार भगोरिया, विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका इलाका प्रमुख तुलाराम अधिकारी, दिपेशकुमार चौधरी, लोकबहादुर रावत, अरुण थारु, गोविन्द गौतम, बलिकराम थारु, प्रदीपकुमार चौधरी, डा.लालु यादव, हरि किसुन चौधरी, रामप्रसाद थारु, सुशीला सुनार, तपेन्द्र थापामगर, अर्जुन घिमिरे, जुनु घिमिरे, धीरेन शाह, दिनेश भण्डारी, मनिष टमटा, तिलक थापा, पूर्णबहादुर थापा, विकास थापा, राजेश चौधरी, माधव बिष्ट, लीला बुढा, किरुलाल थारु, सुदामा नेपाली, उमेश चौधरी, टीकाराम चौधरी, नमराज उपाध्याय, राम कुमार थारु, हेमराज सुवेदी, लक्ष्मी जैसी, मञ्जु थारु, शोभा केसी, दिपा राना, देवेन्द्र बहादुर केसी, भगत बिश्वकर्मा, लक्ष्मी प्रसाद न्यौपाने र गणेश थापाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका सोमप्रकाश सापकोटा, होमराज गिरी, महेश रानाक्षेत्री, प्रशान्त तिवारी, नेरेसो मधुवन स्वास्थ्य उप–शाखाका रामकुमार वर्मा, वीरेन्द्र योगी, केशर सिंह डाँगी अन्यमा बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड इलाका प्रमुख तुलाराम अधिकारी, बनगाई शाखाकी प्रबन्धक झरना थापा, पार्वती ओली, रामप्रसाद थारुले सहयोग गरेका थिए ।