समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको अनुगमन

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिकामा समावेशी तथ गुणस्तरीय शिक्षा परियोजनाको पालिका स्तरीय अनुगमन गरिएको छ । यार्ड नेपाल धनगढी र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित समावेशी तथ गुणस्तरीय शिक्षा परियोजनाको पालिका स्तरिय अनुगमन गरिएको हो । टीकापुर नगरपालिका अन्तरगतका विषयगत शाखाका प्रमुख पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो । परियोजनाले गरेका कृयाकलाप र भएका उपलब्धिका बारे परियोजना सञ्चालित क्षेत्रमा गएर अनुगमन गरिएको छ । टीकापुर नगरवालिका वडा न ६ स्थित मिलनपुर शिविर टीकापुर नगरपालिका वडा नं ७ डाडाबोझीमा सञ्चालित अभिभावक सचेतना गोष्ठी, पढाइ कुनाका बारेमा अनुगमन गरिएको थियो । साथै वडा न ६ स्थित राष्ट्रिय मावि बेलुवामा बसाइँ व्यवस्थापन सामग्रीको अवस्था र परेको प्रभावका बारेमा विद्यालयका प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिसँग छलफल गरिएको थियो । अनुगमन पश्चात् अनुगमन टोलीले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि संसंस्थाले नगरपालिकासग समन्वय गरि अनुगमन बेलाबेलामा गर्न आवश्यक रहेको र केही शैक्षिक सामग्रीको अभाव भएकाले सामग्री उपलब्ध गराउनु पर्ने सुझाव दिइएको थियो । अनुगमनमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु, नगरपालिका शिक्षा शाखाकी बिना पौडेल, गैरसरकारी संघ संस्था समन्वयन उपशाखा प्रमुख अमृताकुमारी रावल, टीकापुर नगरपालिका वडा न ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने, वडा न ६ का वडा अध्यक्ष बलिराम चौधरी लगायतको सहभागिता रहेको थियो ।