लायन्स डिष्ट्रिक ३२५ एनको दोस्रो अधिवेशन शनिबार नेपालगन्जमा हुँदै
नेपालगन्ज : लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको शनिबार नेपालगन्जमा दोस्रो वार्षिक अधिवेशन हुँदैछ ।
पश्चिम नेपालका झन्डै एक हजार लायन्सकर्मीबीच अधिवेशन हुन लागेको डिष्ट्रिक गर्भनर मुकुट ढकालले शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलन जानकारी दिए ।
लायन्स वर्ष २०२३ २०२४ को कार्यकाल दुई महिना बाँकी रहँदैै अधिवेशनले डिष्ट्रिक गर्भनर, प्रथम भाइस डिष्ट्रिक गर्भनर र द्वितीय डिष्ट्रिक भाइस गर्भनर चयन हुनेछन् । नेपालगन्जबाट प्रथम डिष्ट्रिक भाइस गर्भनरमा ज्ञानेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गर्दैछन् । गर्भनरमा भने दांगका विनोद कुमार श्रेष्ठको उम्मेदवारी दर्ता हुँदैछ । द्वितीय डिष्ट्रिक भाइस गर्भनरमा भने सुर्खेतका टीकाराम चपाईले उम्मेदवारी दिँदैछन् ।
विश्वभरीका लायन्स डिष्ट्रिकमध्ये सामाजिक कार्य, सदस्यता बृद्धि लगायतको कार्यबाट लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन ९औं स्थानमा पर्न सकेका छन् ।
कन्भेनर कृष्णप्रसाद श्रेष्ठका अनुसार नेपालगन्जको होटल सिद्धार्थ भ्यूमा आयोजना गरिने सो सम्मेलनमा डिष्ट्रिकका लायन्स क्लव र लियो क्लवबाट गरी करिव १ हजारको प्रतिनिधित्व रहने छ । सम्मेलनले एक वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । लायन्सले आफ्नो स्थापनाको १ सय ५ वर्षको यात्रामा भोकमरी, मधुमेह, बाल क्यान्सर, आँखा उपचार, विपद लगायत विषयमा काम गर्दै आएको छ । नेपालमा लायन्स स्थापनाको ५२ वर्ष भई सकेको छ ।
डिष्ट्रिक क्याबिनेट सेक्रेटरी उमा थापामगरले सञ्चालन गरेको पत्रकार सम्मेलनमा पूर्व डिष्ट्रिक गर्भनर सेमराज शाक्य, फस्ट लेडि मीना ढकाल, फस्ट भाईस गर्भनरका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ लगायत उपस्थित भएका थिए । शनिबार नेपालगन्जको होटल सिद्धार्थ भ्युमा आयोजना हुने अधिवेशनको अन्तर्र्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले उद्घाटन गर्नेछन् ।