बर्दियाली समाजद्वारा बढी दान गर्ने वैश्य र ज्ञवालीलाई सम्मान, २६ प्रिन्ट रगत संकलन

नेपालगन्ज : बर्दियाली सेवा समाज बाँकेले दुई जना बढी रगत दान गर्ने दुई जना रक्तदातालाई सम्मान गरेको छ ।

समाजले शनिबार नेपालगन्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा बाँकेमा सबैभन्दा बढी १५६ पटक रक्तदान गर्ने गोपीनाथ वैश्य र ७६ पटक रक्तदान गर्ने महिला रक्तदाता सरिता ज्ञावलीलाई नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सम्मान गरेका हुन् ।
समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा महिला ६ र पुरुष १८ गरेर २६ जनाले रक्तदान गरेका थिए ।

सोही अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, संघका कार्य समिति सदस्य इन्दिरा शाही, व्यवसायी पार्थ भुसाललाई समाजका अध्यक्ष भीमबहादुर रानाभाटले आजीवन सदस्यता र मीना कोइरालाका साधारण सदस्यता प्रदान गरेका थिए ।