लागूऔषधसहित २ युवा र १ युवती पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलाली प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
शनिबार करिब राति ८ बजेको समयमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका १ गोदाम टोलबाट सोही ठाउँ बस्ने वर्ष २० को शुसील साउँद र वर्ष २७ को वीरेन्द्र विष्टलाई ४ ग्राम ५१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो । दुबै जनामाथि इलाका प्रहरी कार्यालय भजनीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी, शनिबार नै दिउँसो २ बजे धनगढीस्थित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका २ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट बैतडी, पाटन नगरपालिका १ बस्ने वर्ष २५ की अस्मिता बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागूऔषध चरेशसहित नियन्त्रणमा लिएको हो । बोहरामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।