वैकुण्ठधाम आध्यात्मिक महोत्सवको ७५ प्रतिशत आम्दानी बचत

नेपालगन्ज : राप्ती नदी किनारमा दाहसंस्कार घाट निर्माणका लागि नेपालगन्जमा आयोजना गरिएको महोत्सवकोे कूल आम्दानीको झन्डै ७५ प्रतिशत बचत भएको छ ।
नेपालगन्जको रामलीला मैदानमा गत र्कािर्तक २२ देखि ३० सम्म आयोजना गरिएको वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा तीन करोड तीन लाख १५ हजार चार रुपैया संकलन भएको र ७५ लाख सात हजार ३७७ खर्च भई दुई करोड २८ लाख सात हजार ६२७ रुपैयाँ बचत भएको महोत्सव मूल समारोह समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । बचत भएको रकम कूल आम्दानीको ७५.२३ प्रतिशत हो ।

महोत्सवमा घोषणा गरिएकोे ६० लाख ४४ हजार ४७ रुपैयाँ दाताहरुले अझै भुक्तानी नगरेको श्रेष्ठले बताए ।
्मूल समारोह समितिका संयोजक डा. सुरेशकुमार कनोडियाले राप्ती नदी किनारमा दाहसंस्कारको घाट निर्माणका लागि १४ कठ्ठा बयाना दिइसकेको भए पनि पर्याप्त पैसा नहुँदा किन्न नसकिएको बताए । उनले वैकुण्ठधाममा धेरै पूर्वाधार बनाउने लक्ष्य भए पनि सुरुको चरणमा व्यवस्थित दाहसंस्कार घाट निर्माण गरिने जानकारी दिए । उनले अझै धेरै जग्गा र रुपैयाँको जोहो भए लक्ष्य अनुसारका धार्मिक स्थल क्रमशः निर्माण गर्ने योजना रहेको प्रष्ट पारे ।