बालविवाहविरुद्ध खबरदारी गरौं

बालविवाह मुक्त अभियान चलेको बाँकेमा बालविवाह रोकथाम गर्न जनप्रतिनिधिको भूमिकाबारे बाल क्लब, किशोरी क्लब, युवा क्लबहरुले खबरदारी गरौं
लेखक : अन्जना धिताल

अन्जना धिताल
शारिरीक तथा मानसिक रुपले परिपक्क नहुँदै विवाह गर्नु वा गराउनुलाई बालविवाह भनिन्छ । विश्वव्यापी मान्यतामा सामान्यतः १८ वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह मानिन्छ । विभिन्न देशहरुमा विवाह गर्न उपयुक्त उमेर कानुनले निर्धारित गरेको हुन्छ । अर्थात बिहे गर्न पाउने वैधानिक उमेर तोकिएको हुन्छ । नेपालको कानुनले बिहे गर्न महिला र पुरुषलाई २० वर्षको उमेर हद तोकेको छ । तपाईहरुलाई जिज्ञासा हुनुसक्छ, बालबालिका भनेको त १८ वर्षभन्दा कम उमेर हो । १८ वर्ष पुगेपछि मताधिकार पनि पाइन्छ तर नेपालको कानुनले चाहीँ किन २० वर्ष पुगेपछि मात्र विवाह गर्ने भनेको होला ? कानुनी रुपमा बालिक भए पनि १८ वर्ष भन्दामाथि र २० वर्ष भन्दा मुनिको विवाहलाई छिटो विवाह भनिन्छ । यो उमेरका व्यक्ति पूर्ण रुपले परिपक्क भएका हुँदैनन् । घरगृहस्थी नै धान्नसक्ने हुन्छन््, न आफ्नो उज्जवल भविष्यको बाटो निर्धारण गर्नसक्ने भएका हुन्छन् । त्यसैले विश्वव्यापी रुपमा बालविवाहविरुद्धका अभियान सञ्चालन भइरहेका छन् । लुम्बिनी प्रदेशको बाँके जिल्ला बालविवाह मुुक्त घोषणा गर्ने अग्रणी जिल्लामा पर्छ ।
बाँकेका ८१ वडामध्ये ६८ प्रतिशत वडा बालविवाह मुक्त घोषणा भइसकेका छन् । २९ भदौ २०७८ जिल्लामै पहिलो पटक जानकी गाउँपालिका बालविवाह मुतm घोषणा भएको थियो । क्रमशः बैजनाथ गाउँपालिका ७ मंसिर २०७८ मा, खजुरा गाउँपालिका ३ फागुन २०७८ मा, नेपालगन्ज उपमहानगरपालिका २३ फागुन २०७८ मा बालविवाह मुतm घोषणा भएका थिए । जिल्लाका आठ स्थानीय तहमध्ये आधा स्थानीय तह बालविवाह मुक्त घोषणा भइसकेका छन् । बाँकी रहेका चार स्थानीय तहका पनि धेरै वडा बालविवाह मुक्त भइसकेका छन् । नेपालगन्जका २३ वडा, खजुरा गाउँपालिकाका ८, बैजनाथका ८, जानकी गाउँपालिकाका ६ वडा, कोहलपुर नगरपालिकाका (१, ६, ११, १२ र १३) गरी ५, राप्तीसोनारीका (वडा नंं. ३, ६ र ७) गरी ३ वडा, नरैनापुर गाउँपालिकाको वडा नं. ६, डुडुवा गाउँपालिकाको वडा नंं. ५ गरी जिल्लाका ५५ वटा वडा बालविवाह मुतm घोषणा भएका छन् । जिल्लामा अब २६ वटा वडा मात्र बालविवाह मुक्त घोेषणा गर्न बाँकी छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा स्याक बाँकेको सञ्चालन गरेको बालविवाह रोकथाम परियोजनाको अवधि सकिएसँगै जिल्लामा बालविवाह मुक्त घोषणा अभियान रोकिएको छ । स्थानीय तह बनेको पहिलो पाँच वर्षे कार्यकालमा बालविवाह मुक्त घोषणा गरिएको थियो । अधिकांश स्थानीय तह र वडामा नयाँ जनप्रतिनिधि आएका छन् । के ती जनप्रतिनिधिले विगतको घोषणा कार्यान्वयन गर्न सक्रियता देखाएका छन् ? बालविवाह रोकथाम गर्न उनीहरुको भूमिका कस्तो रहेको छ भन्नेबारे बाल क्लब, किशोरी क्लब, युवा क्लबहरुले खबरदारी गर्न जरुरी छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार २० वर्ष नपुगी विवाह गरे वा गराएमा त्यो विवाह स्वतः बदर हुन्छ । बालविवाह गर्ने र गराउने कसुरमा संलग्न जो कोही व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । बालविवाह मुक्त वडा घोषणा भइसक्दा र कडा कानुनी व्यवस्था हुँदा हुँदै पनि गाउँसहरमा कानुनलाई नै नजरअन्दाज गरेर अझै पनि बालविवाह भइरहेको हुनसक्छ । अभिभावकबाट हुने बालविवाह धेरै हदसम्म रोखिएको देखिन्छ । बालबालिकाहरु मायापे्रममा बाँधिएर प्रेम विवाह गरिरहेको सुनिन्छ । बालविवाहमा यो नै अहिलेको सबैभन्दा ठूलो चुनौती हो । त्यसैले भविष्यका कर्णधारलाई बिहेको उमेर र बालविवाहले पार्ने असरबारे सचेतना जगाउन जरुरी छ ।
हो, विवाह गर्नु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो तर कम उमेरमा विवाह गर्नाले थुप्रै घटना निम्त्याउने गर्छ । कयौँ महिलाहरु झुटो माया प्रेम, झुटो विवाहको जालझेल परिपञ्जमा फसेर भारतका वेश्यालयका कोठीमा बेचिनु परेको छ । कयौंले आत्महत्या गर्न बाध्य हुनु परेको छ । सानो उमेरमा नै गर्भवती भएर कति बालिकाले ज्यान गुमाउनु परेको छ । कति बालबालिका टुहुरा भएका छन् । बहुविवाह बढ्दो क्रममा रहेको छ । लाखौं पुरुषहरु घरगृहस्थी धान्न खाडी मुलुक गएर खुन पसिना बगाउनु परेको छ । घर परिवारको खुसी खोज्न जहाजमा सात समुद्र पारी गएको बालाई छोराले बाकसमा ल्याउनु परेको छ । कलिलो उमेरमै वैदेशिक रोजगारी रोज्नुपर्ने बाध्यतामा बालविवाह पनि एउटा कारण भएको छ ।
त्यसैले बालविवाह गर्नु वा गराउनु भनेको भविष्य उथलपुथल बनाउनु हो । त्यसैले हामी सबै बालबालिकाहरुले उज्जवल भविष्यको बाटोलाई अपनाउनुपर्छ र उमेर पुगेपछि र आफू परिपक्क भएपछि मात्र विवाह गर्नुपर्छ । यदि कुनै पनि बालबालिकालाई बालविवाह, हिंसा, यौन शोषण, दुव्र्यवहार, श्रम शोषन, दुर्घटना, ओसारपसार, अपहरणमा परेमा, जोखिममा, अलपत्र परेमा वा हराएमा कानुनी सहयोग चाहिएमा नेपाल सरकारको बाल हेल्पलाइन १०९८ वा नेपाल प्रहरीको १०० मा फोन गरौ । यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन । आफू पनि सर्तक बनौं र अरुलाई पनि बालविवाहको जोखिमबाट जोगाउनु तपाई हामी सबैको कर्तव्य हो ।
‘आजका बालबालिका हामी भोलिका कर्णधार
मिलिजुली सबै हामी निर्माण गरौ नयाँ संसार’

(लेखक धिताल बाँके जिल्ला स्तरीय बाल क्लब सञ्जालको कोषाध्यक्ष हुन् )