स्वास्थ्यजन्य फोहर जथाभावी फाल्ने नेपालगन्जको हरि ॐ मेडिकललाई ५ हजार जरिबाना

रमेशकुमार यादव । नेपालगन्ज
नेपालगन्ज उप–महानगरपालिकाले स्वास्थ्यजन्य फोहर नथाभावी फालेको अभियोगमा एक मेडिकललाई पाँच हजार रुपैयाँ जरिबाना गरेको छ ।
नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीका अनुसार सदरलाइनको त्रिभुवन चोकदेखि उत्तरमा रहेको हरि ॐ मेडिकल हललाई सडकमा जथाभावी स्वास्थ्यजन्य फोहर फालेको देखेपछि ५ हजार रुपैयाँ जरिबाना गरिएको हो ।
स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि नेपालगन्ज उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन ऐन २०७५ु बमोजिम मेडिकल हलका प्रोप्राइटर विनोदकुमार गुप्तालाई जरिवाना गरिएको प्रमुख बोगटीले प्रष्ट पारे । स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, नगर प्रहरी प्रमुख बोगटी, नगर प्रहरी सहायक निरीक्षक पवन कनोजिया सहितको टोली बिहान अनुगमनमा गएको थियो ।