महिला उद्यमीको नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी
नेपालगन्ज : महिला उद्यमी संघ नेपाल बाँकेले नेपालगन्जमा नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी-२०८१ आयोजना गर्दैछ ।
बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा आयोजना हुने पाँच दिने प्रदर्शनीको मंगलबार नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्दैछन् । प्रदर्शनीमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुम, सल्यानका महिला उद्यमीका करिब ५ दर्जन स्टलमा १५० भन्दा बढी उत्पादनहरु रहने नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८१ का संयोजक रेवती सिंहले जानकारी दिइन । प्रदर्शनी ६–१० फागुनसम्म रहनेछ ।
प्रदर्शनी स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, महँ, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीका तेल, अण्डा लगायतका वस्तुहरु बिक्री वितरण तथा प्रवद्र्धन गरिने महिला उद्यमी महासंघ लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा बताउँछिन् ।