दर्पण कप फुटबलको उपाधि दर्पण क्लबलाई

खजुरा : दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक न्यु दर्पण युवा स्पोर्टस क्लबले जितेको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ईगाउँमा भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्यु दर्पण युवा स्पोर्टस क्लबले शनिबार भएको फाइनल खेलमा न्यु डाँफे स्पोर्टस क्लव डीगाउँलाई १ काबिरुद्ध २ गोलको अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । न्यु दर्पणका तर्फबाट म्यान अफ द म्याच विपिन मगरले २ गोल गरेका थिए ।
विजेता न्यु दर्पणले नगद एक लाख ११ हजार १११ रुपियाँ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । यसैगरी उपविजेता बनेको न्यु डाँफे नगद ५५ हजार ५५५ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा न्यू दर्पणका प्रेम सुनार सर्वोत्कृष्ट खेलाडी, प्लेयर अफ द म्याच विपिन मगर, उत्कृष्ट रक्षक न्यु डाँफेका सुनिल आले र उत्कृष्ट गोल रक्षक न्यू दर्पणका प्रतिक शेर्पाइली पुरस्कृत भए ।
विजेता खेलाडीहरुलाई खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर रोका, क्लवका अध्यक्ष प्रकाश केसी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताको फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री र खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले उद्घाटन गरेका थिए । प्रतियोगितामा १४ समूहको सहभागिता रहेको थियो ।