नारी दिवसमा ११ महिलासहित ६० जनाद्वारा रक्तदान
नेपालगन्ज : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपालगन्जमा ६० जनाले रक्तदान गरेका छन् ।
गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर शनिबार गरिएको रक्तदान कार्र्यक्रममा ११ महिलासहित ४९ पुरुषले रक्तदान गरेका हुन्् ।
गणेशमान चोकस्थित गोपाल–नीना फाउण्डेशनको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीकी उपाध्यक्ष अमृता केसी, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, लक्ष्मणकुमार वैश्य, निरजमान श्रेष्ठ, महेश श्रेष्ठ, पंकज आले, टीकाराम खनाल, नितिन चक्रवती, राप्ती सोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेल, अनिल खनाल, सविन खनाल, दिगम्बर पाण्डे, विनयकुमार शाह, कमल महत, लोकनाथ शर्मा, सिकेन्द्र दास, रविन थापा, रोशन रावत, डा.चन्दन सिंह, अनिता श्रेष्ठ, अनुराज पाण्डे, दिलिप गिरी, पत्रकार खम्बप्रसाद पुन, ओमप्रकाश साउँद, दिनेश वर्मा, अकरम मनिहारले रक्तदान गरेका थिए ।
त्यसैगरि एसओएस युवालय नेपालगन्जकी सहनिर्देशक मीना तुलाधर, सपना सिजापति, तुलसी सार्की, सम्झना खडका, सविना नेपाल समेत पाँच जना, जानकी गाउँपालिका वार्ड नं.५ गुरुवा गाउँका पूर्ववडाध्यक्ष रमेशकुमार वर्मा, उपेन्द्र बम, युवराज मगर, पंकज कनौजिया, बिर्जन रजाली, बसन्त अधिकारी, सुभाष गुप्ता, धमेन्द्र कुमार वर्मा, पवनकुमार गुप्ता, गौतमप्रसाद पौडेल, गौरव शाक्य, लोकेन्द्रप्रसाद भट्ट, डा.जयकृष्ण वर्मा, प्रकाश चौधरी, हेमन्त थापा, पुष्पा सिंह, राजेन्द्र थारु, पवनकुमार वैश्य, प्रकाश शाही, एकता युवा क्लब पुरैनीका अध्यक्ष राजेशकुमार यादव, नेपाल स्वयंसेवी रक्तदाता समााज बाँकेका सदस्य होमराज गिरी, भागवती गौतम, मुना केसी, सुनिल रसाइली, विजय केसी, सचिन पाण्डे, माया ज्ञवाली, कमलेशकुमार कर्णले रक्तदान गरेका थिए ।
फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ, सहनिर्देशक डा.तृप्तीपाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, महेश राना क्षेत्री र पवित्रा जैसीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
उक्त कार्यक्रमका लागि विगत १९ वर्षदेखि निरन्तर त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको जनमत अद्र्ध साप्ताहिक, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थ एप)ले समन्वय र सहकार्य गरेको थियो ।
गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणका अनुसार बाँके जिल्लामा भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै “रक्तदान गरौं ः जीवन उपहार दिउँ” भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
जनमत पत्रिकाको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६४ औं श्रृङ्खला” मा रक्तदान अभियानको शुभारम्भदेखि नै निरन्तर रक्तदान गरेर मानवीय कार्यमा अतुलनीय योगदान गरेकोमा उच्च कदर गर्दै स्वयम्सेवी रक्तदाताहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुने स्वयम्सेवी रक्तदाताहरुमा लक्ष्मणप्रसाद वैश्य, निरज मान श्रेष्ठ, अशफाक संघर्ष जसगढ, पवनकुमार प्रसाद वैश्य, विनोदकुमार गुप्ता र गौतमप्रसाद पौडेललाई फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाहले खादा ओढाएर सम्मान पत्र हस्तान्तरण गरेका थिए ।