टीकापुरको केराबारीमा मृत चितुवा फेला

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरको केराबारीमा मृत अवस्थामा चितुवा भेटिएको छ ।
टीकापुर नगरपालिका ७ सत्तीस्थित महेश रावलको केराबारीमा मृत अवस्थामा चितुवा भेटिएको हो । मृत भेटिएको चितुवा गन्हाउने अवस्थाको रहेको र चितुवाको पछाडिको खुट्टा छुट्टिएको र पेट फुटेको अवस्थाको छ । मृत चितुवाको टाउकोमा चोटपटक लागेको छ । स्थानीयका अनुसार मृत चितुवाको अवस्था हेर्दा ठूलो चितुवाले आक्रमण गरि मारेको हुन सक्ने आशंका गरिएको छ । चितुवा दुई तीन दिन अघि मरेको हुन सक्ने प्रहरी चौकी सत्तीका इन्चार्ज टेकबहादुर चन्दले बताए । मृत चितुवालाई प्रहरी चौकी सत्ती, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह र इलाका वन कार्यालय टीकापुरको टोलीले मुचुल्का उठाएर पोष्टमार्टमका लागि इलाका वन कार्यालय टीकापुर लगिएको थियो । केही महिना यता टीकापुर नगरपालिका वडा न ७ र ८ मा बाघ र चितुवाको आतंक रहेको छ । बाघ र स्थानीयका घरपालुवा जनावर खानेको गरेको छ । यसरी केरा बारीमा चितुवा मृत भेटिएपछि स्थानीयमा त्रास फैलिएको छ । कुन दिन बाघले मानिसलाई आक्रमण गर्ने हो चिन्ताको विषय बनेको टीकापुर ७ का स्थानीय महेश रावलले चिन्ता व्यक्त गरे ।