आर्यन धिमालको जाजरकोट भूूकम्पको फोटोलाई वर्ष फोटो पुरस्कार

नेपालगन्ज : नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करणमा आर्यन धिमालले जाजरकोटको भूूकम्पमा खिचेको तस्बिर वर्ष फोटो बन्न सफल भएको छ ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार वर्ष फोटोको रुपमा धिमालले ५१ हजार १ सय ११ रुपैयाँको पुरस्कार पाए । पिपुल्स च्वाइस अवार्डका लागि बिहीबार दिउँसो १ बजेसम्म इसेवामा भोटिङ खुला छ ।
नेपालगन्जको चार तारे होटेल सिटी प्यालेसमा आयोजित फोटो प्रदर्शनीको बुधबार प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले वर्ष फोटो बन्न सफल फोटो खिचेर फोटो फेस्टिवलको उद्घाटन गरेका हुन् ।
फेस्टिवलमा राष्ट्रिय फोटो प्रतियोगितामा सहभागी देशभरका १११ फोटो प्रदर्शनीमा राखिएका छन् । बुधबार साँझ साढे ७ बजेसम्म र बिहीबार बिहान साढे ७ बजेदेखि साँझ साढे ७ बजेसम्म प्रदर्शनी अवलोकन गर्ने व्यवस्था गरिएको छ ।

फोटोग्राफी सम्बन्धी तालिम सुरु
नेपालगन्ज फोटो फेस्टिवलको अवसरमा बुधबारदेखि फोटोग्राफी तालिम पनि सुरु भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले फोटोग्राफी तालिमको उद्घाटन गरेका हुन् । तालिममा रुची राख्ने स्थानीय र पत्रकार गरि २५ जना बढि सहभागी छन् । तालिममा ल्याण्डस्केप फोटोग्राफर गोरख विष्ट र फोटो पत्रकार नेपालका पूर्वअध्यक्ष विकास कार्किले प्रशिक्षण दिनेछन् ।