बागेश्वरीको महाआरतीमा सात लाख द्वीप प्रज्जवलन गरिँदै
नेपालगन्ज : नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरीको सोमबार हुने महाआरतीमाको १३२ औं श्रृङ्खलामा सात लाख द्वीप (लक्ष्यवत्र्ती) प्रज्वलन गरिने भएको छ ।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गोपालप्रसाद अधिकारीले महाआरतीको १३२ र १३३औं श्रृङ्खलालाई विशेष बनाउन लागेको जानकारी दिए । साउन महिनाका दुई अन्तिम सोमबाका महाआरतीमा बाँके र बर्दियाका विभिन्न मठमन्दिरका मठाधीश, सन्त, महन्तका साथै छिमेकी भारत उत्तरप्रदेशका शक्तिपीठ र मठमन्दिरका महन्तहरूलाई आमन्त्रण गरिएको जानकारी दिए । १९ साउन (भोलि) नाट्टा बाँके च्याप्टरको संयोजनमा सात लाख द्वीप प्रज्वलन (लक्ष्यवर्ती) प्रज्जवल गरिने बताँउदै श्रावणको अन्तिम सोमबार साउन २६ गते संचालन हुने १३३ ओै श्रृङखलाको महाआरतीमा रुद्राभिषेक समापन गरेर भक्तजनलाई रुद्राक्ष प्रसाद उपलब्ध गराइने अध्यक्ष अधिकारीले जानकारी दिए ।