हजरत सामुदायिक वनमा २ हजार वृक्षारोपण

नेपालगन्ज : बाँकेको हजरत सामुदायिक वनमा दुई हजार वृक्षारोपण गरिएको छ ।
क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल)को आयोजनामा र स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ स्थित हजरत सामुदायिक वनमा शनिबार वृक्षारोपण गरिएको हो ।
क्लिन अप नेपालका कार्यकारी निर्देशक तथा सभापति रविन्द्र लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री मोहम्मद ईस्तियाक राई थिए । विशेष अतिथि नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्ट, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. विनोद ढकाल, नेपाली कांग्रेस जिल्ला सचिव सुधान्सु कोइराला, समाजसेवी जे.के.सिंह, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन नेपालका गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठ, सचिव नरेन्द्रकुमार श्रेष्ठ, नागरिक समाजका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडका शाखा प्रमुख हर्मेस सोनी, प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य, प्याब्सन नेपालगन्ज नगर अध्यक्ष मानबहादुर थापा, हरित अभियन्ता हेमन्तराज काफ्लेलगायतले वृक्ष लगाएका थिए । वनमा महुवा, बर्रो, अमला, शिरीष, लिची, अम्बा र अर्जुनसहित करिब २,००० भन्दा बढी बिरुवा रोपिएका छन् ।