तलबभत्ताको डेढ लाख रुपैयाँ सांसद राणाद्वारा सहयोग !
नेपालगन्ज : बाँके क्षेत्र नंं. २ का प्रतिनिधिसभा सदस्य डा. धवलशम्शेर राणाले आफ्नो पारिश्रमिकबाट विभिन्न संघसंस्थालाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
राणाले मंगलबार गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखालाई ५० हजार सहयोग गरेका हुन् । यो रकम गैसस बाँकेको संस्थागत विकासमा खर्च हुनेछ ।
डा. राणाले पचास हजारको चेक संस्थाका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनालाई मंगलबार हस्तान्तरण गरे ।
बाँकेको डुडुवा गाउँपालिका २ बेतहनीमा सडक दुर्घटनामा एकै परिवारका दुई बालकको निधन भएको परिवारलाई पनि मंगलबार राणाले ५० हजार रुपैयाँ सहयोग गरेका थिए । राणाले शोकाकुल परिवारको घरमै पुगेर सान्त्वना प्रदान गर्नुका साथै आमा बन्दना गोडिया र बुवा हदवार गोडियालाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
घरको धुरी भत्किएकी डुडुवाकै कान्ता अहिरलाई पनि घरपुनःनिर्माण गर्न ५० हजार आर्थिक गरेका थिए । डा.राणाले नेपालगन्जको नगर प्रमुख हुँदादेखि नै आफूले पाउने तलबभत्ता दीनदुःखी, समस्यामा परेका ब्यक्ति र सामाजिक तथा धार्मिक संंघसंस्थालाई प्रदान गर्दै आएका छन् ।








