शिक्षा विधेयक विभेदकारी छ : नेपालगन्ज उद्योग वाणिज्य संघ
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले संसदको विषयगत समितिमा विचाराधीन शिक्षा विधेयक निजी विद्यालयको हकमा विभेदकारी भएको दाबी गरेको छ ।
संघले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै विभेदकारी व्यवस्थाको तत्काल अन्त्य गरी समन्यायीक सामाजिक न्याय तथा शिक्षासहितको विद्यालय शिक्षा सम्बन्धी ऐन २०८२ जारी गर्न माग गरेको छ ।
संघका अध्यक्ष टंकबहादुर धामीद्वारा हस्ताक्षरित विज्ञप्तीमा निजी क्षेत्रको लगानीमा स्थापित र सञ्चालनमा रहेको निजी तथा आवासीय विद्यालयहरुको सन्दर्भमा गैरनाफामूलक र पूर्ण छात्रवृत्ति जस्ता प्रावधानले निजी क्षेत्रलाई संशकित तुल्याएको उल्लेख छ ।









