लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्षमा नरेन्द्र

नेपालगन्ज : नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका नरेन्द्र थाप निर्वाचित भएका छन् । नेपाली कांग्रेस निकट संघको मंगलबार नेपालगन्जमा सम्पन्न पहिलो प्रदेश अधिवेशनले थापाको नेतृत्वमा २८ सदस्यीय कार्य समिति सर्वसम्मत् निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता बलबहादुर चन्दले जानकारी दिए ।
चन्दका अनुसार समितिको उपाध्यक्ष सन्तोष ओली, महिला उपाध्यक्ष मोतिकला गुरुङ, सचिव मनमोहन लम्साल, सहसचिव खुसीराम चौधरी, दिनेश सहानी, खिमबहादुर सोमै थापा र पूजा शर्माका साथै कोषाध्यक्षमा मनोज भण्डारी निर्विरोध निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा र्इश्वरी भण्डारी, मीना खनाल, पूर्णप्रसाद डाँगी, मणिराम बटाला, लक्ष्मण घर्ती, चक्र चिमिला क्षेत्री, सीमा तामाङ, विष्णुमाया कुमाल, सरस्वती जिसी, मंगलप्रसाद वर्मा, नमराज रानामगर, अन्जना बुढामगर, खुमबहादुर घर्तीमगर, चेतना बुढामगर, घनश्याम थापा, सागर सोमै, सत्यमुनी शाक्य, नारायण जिसी र अनिल घर्तीमगर निर्वाचित भए । ३७ सदस्यीय कार्य समितिमा ९ जनालाई पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृत चन्द र सहयाक निर्वाचन अधिकृत हिराबहादुर श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । अधिवेशनको क्रममा संघले भारोत्तोलनतर्फका ओलम्पियन सुरेन्द्रबहादुर हमाल र सुटिङतर्फका ओलम्पियन पार्वती थापालाई संघले सम्मान गरेको थियो ।