यस वर्षको दशैं टीका उत्तम साइत : ११ : ५३ बजे

नेपालगन्ज : नेपाल पञ्‍चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद दाहालले मंगलबार सार्वजनिक गरेको साइत अनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ।
उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । समितिका अनुसार घटस्थापनाका लागि असोज ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटको समय उत्तम रहेको छ। त्यसैगरी ७ गते झण्डा फेर्ने साइत बिहान ९ बजेर ५३ मिनेटमा, १३ गते फूलपाती तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा उत्तम मानिएको छ। समितिका अनुसार देवीको टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने उल्लेख छ।