ठाकुरबाबा गोल्डकप : मधुवन र बारबर्दिया सेमिफाइनलमा भिड्दै
वनवीरपुर (बर्दिया) : बदियाको ठाकुरबाबा नगरपालिका-५ वनवीरपुरमा जारी ठाकुरबाबा गोल्ड कप वडा स्तरीय फुटबल प्रतियोगितामा जिल्लाका मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकाका टिमहरु सेमिफाइनमा भिडन्त हुने भएको छ ।
प्रतियोगिताको सोमबारको पहिलो खेलमा मधुवन-४ बी र बारबर्दिया-१ को भीडन्त हुँदैछ । त्यसैगरी दोस्रो खेलमा बारबर्दिया-४ ए र मधुवन-४ ए र बीच प्रतिष्पर्धा हुने आयोजक चुरे जनजागृति युवा क्लबका सचिव ललित बुढाले जानकारी दिए ।
आइतबार सम्पन्न खेलमा बारबर्दिया-४ एले बारबर्दिया-७ लाई १ का विरुद्ध ३ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा बारबर्दिया-१ एन्टिभाइरस टिमले बारबर्दिया-४ लाई शून्यका विरुद्ध २ गोल गरेको थियो ।