जेन्जी आन्दोलन

गजल

गजलकार : नरेन्द्र देवकोटा ‘प्रशान्त’

नरेन्द्र देवकोटा ‘प्रशान्त’

जेन्जी पुस्ताको आन्दोलन अपराध गर्नु थिएन !
आन्दोलनबाट त्यो सुशासनको मर्म मर्नु थिएन !!

भ्रष्टाचार रोकी भ्रष्टाचारीको जरा उखेल्नु थियो
राज्य सञ्चालनका नाममा छद्मभेषी पर्नु थिएन !

गाउँ र शहरका चोक चोक सुसासन रोप्नु थियो
सुशासनका नाममा स्वार्थ समूहले धर्नु थिएन !

जेन्जीले नेपाललाई खोजेको हो समृद्ध बनाउन
देश बनाउनेहरू खोजेको हो पात्र फेर्नु थिएन !

ऐतिहासिक सम्पदा, भवन र प्रमाणहरू जलाइए
नयाँ अपराधी छोडेर पुराना मात्र पक्रनु थिएन !

देशको हित सोच्ने सबै पक्ष किन मिल्दैनन् कुन्नि
नेपाली जेन्जीको धेय धर्मसंस्कृति नि केर्ने थिएन !

३ कार्तिक २०८२
नेपालगन्ज (बाँके)