टीकापुरमा दोस्रो पटक मलद्वारमा ब्राउन सुगरसहित युवा पक्राउ !
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा दोस्रो पटक मलद्वारमा लुकाएको अवस्थामा लागूऔषध ब्राउन सुगर फेला परेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी अनुसार बिहीबार दिउँसो टीकापुरमा लम्की चुहा नगरपालिका वडा नं १ का बर्ष २८ को सेराज सल्मानी मलद्वारमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा ६ ग्राम ८१० ब्राउन सुगरसहित पक्राउ परेका हुन्।
प्रहरी चौकी कालाकुन्डाको बिटमा शंकास्पद रुपमा आइरहेको अवस्थामा सल्मानीलाई पक्राउ परेको चौकीका इन्चार्ज चक्रबहादुर सिहंले बताए । अभियुक्तलाई सल्मानीलाइ अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय टीकापुरमा हिरासतमा राखिएको छ ।








