लायन्स क्लबको आयोजनामा १२१ पिन्ट रगत संकलन

नेपालगन्ज : बाँके र बर्दियाका लायन्स क्लबको संयुक्त आयोजनामा एउटै कार्यक्रमबाट सवा एक सय प्रिन्ट रगत संकलन भएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन एरिया नं. ४ ले शुक्रबार नेपालगन्जमा आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा लायन्स, लियो र नन लायन्सकर्मी गरी १२१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सञ्जय थापाले जानकारी दिए ।
नेपालगन्ज , कोहलपुर र खजुरामा अस्पतालमा बिरामीहरुलाई रगतको अभावले निकै दुःख पाई रहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरेको एरिया चिफ पुष्करबहादुर खड्काले बताए । अस्पतालमा रगत अभाव भएको बेला लायन्स क्लबले जोन, रिजन र एरियाले सामूहिक रुपमा यस्तो वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् भने क्लबहरुले वार्षिक कार्यक्रम अन्तर्गत पनि नियमित रक्तदान कार्यक्रम आयोजना गरिरहेका छन् ।