वीपी अस्तु पार्श्वसंगीतसहित १९ पुसमा कविता प्रस्तुत गर्दै

नेपालगन्ज : कवि वीपी अस्तु नेपालगन्जमा पार्श्वसंगीत सहित कविता प्रस्तुत गर्न गइरहेका छन् ।
आयोजक अन्तरालले आगामी १९ पुसमा कवि अस्तुका एक दर्जन बढी कविता पार्श्व संगीतसहित प्रस्तुत गर्न लागेको हो ।
प्रभावकारी र एकाग्रतापूर्ण वातावरणमा कविता प्रस्तुतिले कार्यक्रमलाई स्मरणीय बनाउने गरी तयारी भइरहेको अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले जानकारी दिए ।
नेपालगन्ज सुर्खेत रोडस्थित वेष्टर्न मलमा रहेको अन्तराल हलमा हुने उक्त कार्यक्रममा सःशुल्क सहभागिताको व्यवस्था गर्न लागिएको पनि शाहले जानकारी दिए ।
कवि अस्तु साहित्य र पत्रकारिताका सशक्त कलम चलाउँछन् । मैले कविता लेख्न सिकेको शहरमै पहिलोपटक एकल कविता प्रस्तुति हुन लागेकोमा म उत्साहित छुँ,ु कवि वीपी भन्छन्, पार्श्वसंगीतले कविता श्रवणलाई थप प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ।ु
पार्श्व संगीतका लागि गायक महेन्द्र सेढाइसहितका संगीतकर्मीहरुले साथ दिनेछन्। हाल कार्यक्रमको रिहर्शल भइरहेको छ।
अन्तराल शृङ्खला अब हरेक महिना निरन्तरता दिने ढंगले तयारी भइरहेको आयोजकले जनाएको छ। कविता र संगीतको बेजोड प्रस्तुति दर्शक तथा स्रोताहरुले मन पराउने हाम्रो विश्वास छ,ु शाह भन्छन्, ुअन्तरालको यो मञ्चमा आगामी महिनाहरुमा कला, साहित्य, गीतसंगीत र खेलकुदका विशिष्ट व्यक्तित्वलाई प्रस्तुत गरिनेछ।
कार्यक्रम निर्धारित समयमा सुरु हुने र दर्शकहरु पलेंटीमा बस्ने प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ। कार्यक्रम अघिको आधा घण्टा भलाकुसारी र जलपानका लागि छुट्याइएको छ। कार्यक्रम शुरु हुनु १० मिनेट अघि हलको ढोका खुल्ने र एक घण्टा कविता प्रस्तुतिको कार्यक्रम रहनेछ ।
पाँच सय रुपैयाँको टिकट सुरुमा बुकिङ गर्नेहरूलाई ५० प्रतिशत छुटको व्यवस्था पनि मिलाइएको आयोजकले जनाएको छ । टिकट अन्तरालको कार्यालय र विभिन्न क्याफेहरुमा उपलब्ध छ।
अन्तराल डेढ दशक बढी समयदेखि सन्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, इभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था हो ।